दफा
गृह मन्त्रालयमा उजुर दिन सक्ने
(१) संहिताको दफा ५ को उपदफा (४) को प्रतिवन्धात्मक वाक्याँश बमोजिम गृह मन्त्रालयमा पर्न आएको उजुरी छुट्टै दर्ता गरी उजुरीकर्तालाई दर्ताको निस्सा दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दर्ता भएको सूचना सहितको उजुरी उपर संहिताको दफा ५ को उपदफा (५) बमोजिम निर्णय गरी सम्बन्धित कार्यालयमा पठाउनु पर्नेछ ।